२९ फाल्गुन, सिरहा। सिरहाको सुखिपुर नगरपालिका-१ स्थित गेनेलाल साहको घरमा  शनिबार विहान आगलागी भएको छ। विहान ३ बजेतिर अचानक लागेको आगोले साहको नगद १ लाख ३ हजार सहित फुसको छानो भएको १ तले २ वटा घर, फर्निचर, सुनचाँदी तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी ४ लाख २२ हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानिय मानिसहरुले नियन्त्रणमा लिए पश्चात इलाका प्रहरी कार्यालय सुखिपुरमा जानकारी प्राप्त भएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया