इनरुवा/सुनसरी जिल्ला वार एशोसिएसन ईकाइ इनरुवाले अग्रज कानुन व्यवसायीहरुलाई सम्मान गरेको छ । वार ईकाइ इनरुवाले होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी अग्रज कानुन व्यवसायीहरुलाई सम्मान गरेको हो । कानुन व्यवसायका क्षेत्रमा ३० वर्ष बढी योगदान पुर्याएका २० जना अग्रजहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहता, सांसद रेवतीरमण भण्डारी लगायतकाले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।उक्त कार्यक्रममा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधिस अर्जुनप्रसाद कोइराला , सुनसरी बारका अध्यक्ष राजु ढकाल लगायतको उपस्थिती रहेको थियो । सम्मान पश्चात सामूहिक होली शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया