२९ फागुन, इनरुवा/आपसी भाईचारा र सद्भावकालागि इनरुवाका महिलाहरुले सामूहिक होली मनाएका छन् । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा महिलाहरुले सामूहिक होलि मनाएका हुन् । शेयर सदस्य महिलाका अलावा आसपासका विभिन्न समूदायका महिलाहरुको उपस्थितीमा होलि मनाइएको संस्थाका अध्यक्ष लिला सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा मुस्लिम महिलाका साथै दलित समूदायका महिलाहरुको समेत सहभागिता रहेको थियो । उनिहरुले एक आपसमा अबिर खेलेर नाँचगान सहित होलि मनाए । तराईमा होलि पर्व भोली मनाइने भएपनि विभिन्न संघसंस्था तथा समूह मिलेर केहिदिन अघिबाटै होली मनाउने क्रम बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया