इनरुवा फागुन २९ /सरकारको निर्णयानुसार सुनसरीमा आजबाट स्थानीय तह कार्यान्वयनमा आएका छन् । जिल्ला विकास समिति आजबाट जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । इनरुवामा गाभिएका मधेशा, चाँदवेला, डुम्राहाका २, ७ र ९ वडा, बबिया,  र जल्पापुर क्रमश ६,७,८,९ र १० नम्बर वडा कायम भएका छन् ।

नाम परिवर्तन गर्ने देखि तहगत संरचना कार्यान्वयनमा आएनआए बारे जिल्ला समन्वय समिति सुनसरीले अनुगमनको क्रम समेत अघि बढाएको छ । नयाँ बनेका तहगत संरचनाको जिम्मेवारी समेत सुम्पि सकिएको छ । सुनसरीमा २ उपमहानगर, ४ वटा नगरपाालिका र ६ गाउँपालिका कायम भएका छन् ।

तपाईको प्रतिक्रिया