२९ फागुन, दिलिप साह राजविराज । स्थानीय तहको पुर्नसंरचना विभेदकारी, अव्यवहारिक तथा असन्तुलन रहेको भन्दै यसलाई कुनैपनि हालतमा स्वीकार नगर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । अहिलेको संरचनामा सर्वहारा वर्गलाई स्थानीय चुवाव निकै महँगो हुने तर्क गर्दै उहाँले भन्नुभयो, जनसंख्याको सन्तुलन र भूगोलको सन्तुलन पनि मिलेको छैन ।

बझाङको एउटा वार्डबाट अर्को वार्डसम्म पुग्न अहिलेको संरचनामा तीन दिनसम्म लाग्ने गरेको दाबी गर्दै अध्यक्ष यादवले एक नगरपालिकाको अर्को नगरपालिका र एक गाउँ पालिकाको अर्को गाउँ पालिकाको जनसंख्यामा पनि धेरैको फरक रहेको बताउनुभयो । यसमा सर्वहारा, गरिब, दलित, विपन्न वर्गलाई चुनावमा प्रतिस्पर्धा गर्न निकै कठिन रहेको छ जसले गर्दा तिनिहरुको प्रतिनिधित्व पनि हुन सक्तैन भन्नुभयो ।
संघीय प्रेस फोरम सप्तरीद्वारा आयोजित पत्रकार सम्मलेनमा उहाँले पहिले संघीय संसद र विद्यायिका संसदको चुनाव गर्नु संघीय संरचनाको मूल्य र मान्यता रहेको तर, सरकार त्यसको ठिक विपरित स्थानीय चुनाव गराउने पक्षमा लागेर उल्टो दिशामा फर्किन थालेको भन्दै यादवले भन्नुभयो, जुन गलत हो, यसलाई स्वीकार गर्न सकिदैन ।

स्थानीय तहको निर्वाचन गराउने काम प्रादेशिक सरकार हो, संघीय सरकारको होइन, भन्दै उहाँले भन्नुभयो, संघीयता नचाहने सरकार साजिश तहत स्थानीय तहको निर्वाचन बलजफती गराउन खोजेकोले त्यो हुन दिदैनौ । आफुहरु चुनावको विरोधी नभएको दाबी गर्दै उहाँले चुनावको वातावरण बनाउन परिमार्जित सहित संविधान संशोधन गर्नु पर्नेमा जोड दिनुभयो । यथास्थितिमा संविधान संशोधनले कुनैपनि माग तथा मुद्दा सम्बोधन नहुने जिकिर गर्दै फोरम अध्यक्ष यादवले आफुहरुको मुद्दाप्रति सरकार उदासिन रहेको बताउनुभयो ।

एमालेले संघीयता चाहेको छैन भने माओवादी संघीयताप्रति प्रतिबद्ध छैन आरोप लगाउँदै उहाँले राप्रपालाई लक्षित गरी राजतन्त्र फाल्न, धर्मनिरपेक्ष कायम गर्न गरेको सशस्त्र युद्ध, जनआन्दोलनको मूलमर्मलाई विर्सेर राजतन्त्र पक्षधर तथा धर्मनिरपेक्ष विरोधी दलसँग साठगाठ गरेर सरकारमा सहभागी गराएकोमा आपत्ति व्यक्त गर्नुभयो ।

पत्रकार सम्मलेनमा सप्तरीको घटना एमालेका नेतृत्वले बेलाबखतमा दिएको मधेश विरोधी अभिव्यक्ति उपज भएको भन्दै उहाँले घटनाको निन्दा मात्र गरी मृतक परिवार प्रति केही नबोलेको कारण पीडित परिवार तथा आफन्तजनले आक्रोश व्यक्त गरेका छन । यथास्थितिमा स्थानीय तहको चुनाव हुन नदिने तर स्थानीय तह चुनावको लागि निर्वाचन प्रक्रिया अनुसार जिल्लामा दल दर्ता गराएर सहभागी फोरम अध्यक्ष यादवले भन्नुभयो, राजनीतिक दललाई मान्यता दिने आधिकारिक संस्था निर्वाचन आयोग हो, त्यसैले यसमा दर्ता गराएको दोहरो चरित्रको जवाफ दिनुभयो ।

तपाईको प्रतिक्रिया