२९ फागुन, दिलिप साह राजविराज । केन्द्रीय मधेसी मोर्चा निर्देशनमा सप्तरी मोर्चाले आन्दोलन गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।केन्द्रिय मोर्चाले एमालेको अभियान बिथोल्न वा त्यस विरुद्ध विरोध प्रदर्शन गर्ने स्थानीय मोर्चालाई निर्देशन नदिएको भन्दै उहाँले एमालेले बेलाबखतमा मधेसी विरुद्ध दिएको अभिव्यक्ति तथा मधेसीको मागप्रतिको कठोर प्रस्तुतीका कारण यहाँका मोर्चा तथा आक्रोशित जनताले स्वफूर्त एमालेको अभियान बिथोल्न लागेको दाबी गर्नुभयो ।

यथास्थितिमा स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै उहाँले निर्वाचनको वातावरण बनाउन संसदमा पेश संशोधन प्रस्तावलाई परिमार्जन सहित मधेसी, आदिवासी, जनजाति, महिला सहितको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । कञ्चनपुरमा मारिएका नेपालीलाई एकैदिनमा सहिद घोषणा, तोपको सलामी दिने तर, यहाँ मारिएकाहरुको अहिलेसम्म सहिद घोषणा नगर्नुले सरकारको विभेदकारी नीतिकै कारण मधेसी जनतामा घृणा उत्पन्न गराउने काम गरेको भन्दै उहाँले दुबै घटनाको उच्च न्यायिक छानविन गरी दोषीलाई कारबही गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया