इनरुवा फागुन २९/सुनसरी प्रहरीले १ सय ८८ केजी गाँजा नष्ट गरेको छ । तस्करी गरी भारत तर्फ लैजांदै गर्दा बरामद भएको गाँजा प्रहरीले आगो लगाएर नष्ट गरेको हो ।
बरामद गाँजा प्रहरी निरीक्षक शेसकराम थानदार नेतृत्वको टोलीले सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । ठुलो परिमाणमा रहेकाले प्रहरीले सुनसरी खोलामा लगेर गाँजा नष्ट पारेको छ  ।
एम्बुलेन्समा लोड गरी तस्करी गर्दै गरिएको अवस्थाको गाँजा ससस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले दुई साता अघि भाण्टाबारी सडक खण्डबाट बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया