इनरुवा । सामान्यत एक अर्कामा रंग दल्दै, पानी छ्याप्दै मनाईने होली पर्व इनरुवामा भने फरक ढंगले मनाईएको छ ।

इनरुवा ३ सखुवागाछीमा वर्णमाला दैनिक र सखुवागाछी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बृहद कवितामय होली उत्सवको आयोजना गरिएको छ ।

कार्यक्रम कविहरु भोला सिल्वाल, छविनाथ रिजाल, सागर तिम्सिना, रामानन्द मण्डल, रञ्जन निराला, रमेन्द्र मुनी कोइराला, उपेन्द्र पागल, फणिन्द्रप्रसाद दाहाल, विमला पोखरेल, तिलकबहादुर विश्वकर्मा लगायतले होली पर्व, रंगको महत्वमा केन्द्रित रहेर आ आफ्नो रचनाहरु बाचन गरेका थिए ।रञ्जन निराला, सागर तिम्सिना, फणिन्द्र दाहाल लगायतकाले प्रस्तुत गरेको चुट्के कवितामा सहभागिहरुले एक आपसमा रंग दल्दै नाचगान गरेका थिए ।

यसैविच आजै अदातल रोडमा मट्का फोड प्रतियोगिताको आयोजना गरिएको छ । त्यसैगरी बलाहा, इनरुवा चौक, बस चौक, पपुलर चौक लगायतका स्थानमा विहानैदेखि भेला भएर होली मनाईरहेका छन ।
महेन्द्र चौकमा होलीको अवसरमा डिजे मगाएर होली हंगामा कार्यक्रम नै आयोजना गरिएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया