चैत्र १, नेपालगन्ज / एमालेको मेची महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा हुने आमसभाविरुद्ध बन्द आह्वान गरेको मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी गरेका छन् ।यसैगरी अहिले बाँकेमा एमाले समर्थित विभिन्न जातजातिले र्‍याली निकाल्दै छन् । अहिले बाँकेका एमाले समर्थित मुसलमानले र्‍याली निकालेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उढरापुरमा भे १ ख २०४२ नम्बरमा बसमा आगजनी गरेका हुन् । बर्दियाको राजापुरदेखि दाङको तुलसीपुर सडक खण्डमा चल्ने गाडीको भित्री भाग जलेको छ ।एमाले सभाको विरोधमा मोर्चाले नेपालगन्ज बन्द आह्वान गरेको थियो । मोर्चाले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका केही सवारीलाई रोकेका थिए ।

सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।एमालेले रामलीला मैदानमा आमसभाको तयारी गरे पनि मोर्चाले अवरोध प्रयास गरेकाले सडक डिभिजन कार्यालयमा सारिएको छ । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया