१ चैत्र, सुनसरी। सुनसरीको धरानमा पतिको कुटाईबाट एक महिलाको मृत्यु भएको छ। ओलढुङा जिल्लाको उवु गाविस ४ घर भई धरान उपमहानगरपालिका १९ किराँत चौकमा डेरा गरी बस्ने अन्दाजी १९ वर्षिया पविला राईको पति रेखराज राईको कुटाईबाट मृत्यु भएको हो। घरायसी झगडामा पतिको कुटाईबाट गम्भीर घाइते भएकी पविलाको सोमबार राती साढे आठ बजे विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। कुटपिटमा संलग्न रेखराज फरार भएका छन। उनको प्रहरीबाट उनको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया