१ चैत्र, सुनसरी। कोशी राजमार्ग अन्तरगत सुनसरीमा सोमबार राती ट्रकको ठक्करबट मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

इटहरी उपमहानगरपालिका २४ स्थित राजमार्गमा राती ८ बजे को. १ ख ५५८ नम्बरको ट्रकले बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार सुनसरी धरान बस्ने २५ वर्षिय दिवश राई र ईटहरी २२ बस्ने ईरो बान्तवाको उपचारकाक्रममा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट ईटहरी १९ बस्ने वर्ष २१ को राजु मगरको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया