१ चैत्र, विराटनगर। होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन।

नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुई सय सतासी वटा मोटरसाइकल/स्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका छन्। सबै भन्दा बढी झापामा ५३६, सुनसरीमा ३०१, मोरङमा २५१, सिरहामा १३२, उदपुरमा ५० तथा सप्तरीमा १७ वटा मोटरसाइकल/स्कुटर पक्राउ परेका हुन।

पर्वको नाममा लागूपदार्थ, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने तथा मोटरसाइकलमा तीन जना सवार हुने सवारी तथा तीनका धनिहरुलाई ट्राफिक तथा नेपाल प्रहरीको सँयुक्त टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएका सवारी साधन तथा मानिसहरुलाई कसुर अनुसारको कारवाही गरी छाडिने छ।

तपाईको प्रतिक्रिया