३ चैत्र, इनरुवा। यो बर्षको माध्यमिक तहको माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन सुनसरीका सवै ४६ परीक्षा केन्द्रहरुमा शान्तिपूर्वक अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको सहायक जिल्ला शिक्षा अधिकारी पीताम्वर गौतमले जानकारी दिनुभएको छ ।

विगत बर्षको प्रवेशिका परीक्षा जस्तो अनुभूति समेत नभएकाले विद्यार्थीहरुले परीक्षा हलमा शान्तिपूर्वक परीक्षा दिएका हुन् । जिल्लाभरि  चिट चोराउने वा चिट पु¥याउने जस्ता अमर्यादित कार्य कसैबाट नभएको पनि गौतमले जानकारी दिनुभयो ।

यो बर्ष सुनसरी जिल्लाको झुम्कामा रहेको कारागारबाट सुनसरी मोरङ्ग र झापाका ७ जना बिद्यार्थीहरुले कारागारभित्रैबाट परीक्षा दिएका छन् । यसैगरी जिल्लाको धरान क्षेत्रका विभिन्न परीक्षा केन्द्र मार्फत ५ जना दृष्टिविहिन १ जना सुस्त मनस्थिति र ५ जना शारिरीक अपाङ्गता भएका किशोर किशोरीहरुले परीक्षामा सहभागिता जनाएका छन । त्यसैगरी इटहरीको सेक्रेट हार्ट माध्यमिक विद्यालयका परीक्षा केन्द्रमा ४३ जना खुल्ला विद्यालयका बिद्यार्थीहरुले पनि परीक्षामा सहभागिता जनाएको त्यहाँका केन्द्राध्यक्ष सुरेश धमलाले जानकारी दिनुभयो ।

यस जिल्लामा विद्यालय शिक्षा परीक्षामा १४ हजार ४२ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने आँकड भए पनि केही परीक्षाथीहरुले पहिलो दिनको परीक्षामा सहभागिता नजनाएको पाईएको छ । परीक्षालाई मर्यादित तुल्याउन सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली प्रहरी प्रमुषराज पोख्रेल लगायतले जिल्लाभरि अनुगमन गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया