३ चैत, इटहरी। इटहरीको जनता खेल मैदानमा आज सम्पन्न भएको ११ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधी डिफेण्डिङ्ग च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर टिमले कब्जामा लिँदै २ लाख नगद र ट्रफी प्राप्त गरेको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर र शसस्त्र प्रहरीको दमक टिम झापाबीच भएको अन्तिम खेलमा काँकडभिट्टाले शसस्त्र प्रहरीको एपिएफ टिमलाई १–० गोलको अन्तरले पराजित गर्दै उपाधीमाथि कब्जा जमाउँदै यो संस्करको दोस्रो पटक पनि उपाधी रक्षा गर्न सफल भएको हो ।

पहिलो हाफमा दुवै टिमले आ आफ्नो पक्षमा गोल गर्न गरेको प्रयासमा कसैले गोल गर्न नसकेर गोल रहित भएको पहिलो हाफको खेलपछि भएको दोस्रो हाफको ३ मिनेटमा काँकडभिट्टाका खेलाडी पिटरले खेलको ४ औ मिनेटमा गरेको सानदार गोल नै आजको पहिलो र अन्तिम एवम निर्णायका गोल बन्दै काँकडभिट्टाले दोस्रो पटक पनि उपाधी रक्षा गर्ने मौका प्राप्त गरेको हो ।

आजका बिजेता टिम काँकडभिट्टाका पिटर नै म्यान आफ फाईनल घोषित बन्दै ५ हजार नगद प्राप्त गरेका छन । त्यसैगरी सोही टिमका श्यामसेनले हाई स्कोरर खेल अवधिभर ३ गोल गरे बापत १० हजार नगद प्राप्त गरेका छन । काँकडभिट्टाकै नगेन लिम्वुले सर्वोत्कृष्ठ खेलाडी बन्दै ३२ इन्चको टेलिभिजन तथा इटहरीका  विमल मगरले उदीयमान खेलाडी  घोषित हुँदै २१ इन्चको टेलिभिजन प्राप्त गरेका छन ।

प्रतियोगिताका उपविजेतालाई १ नगद सहित उपविजेताको ट्रफि वितरण गर्नुहुँदै शसस्त्र प्रहरी बल बराह बाहिनीका शसस्त्र प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराईले खेलाडीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

यसैगरी बिजेता टिमलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले २ लाख नगद तथा ट्रफि प्रदान गर्नुहुँदै बिजेता टिमका खेलाडीहरुलाई धन्यवाद सहित इटहरी पूर्वी नेपालकै खेलकुदको हव बन्ने र त्यसका लागि राखेपले भरमग्दुर सहयोग उपलब्ध गराउने बचन दिनुभयो । खेल समापन समारोह आयोजक राष्ट्रिय जागृति क्लका अध्यक्ष सञ्जिव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । खेलमा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया