४ चैत्र, इटहरी । म्याजिक चप्प्ल उद्योगमा बिहान देखि आगलागी भइरहेको छ ।आगो निभाउन अहिले ८ वटा दमकललको प्रयोग भइरहेको छ । तर अहिले सम्म आगो नियन्त्रणमा आउन नसेको मोरङ्गका प्रहरीले जनाएको छ । बिहान ४ बजेदेखि उद्योगमा आगो लागेपनि के कारणले आगो लागेको हो भनेर अहिले सम्म खुल्न सकेको छैन । उद्योगमा काम भइरहेको बेला आगलागी भएपनि मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि स्थानीयवासी तथा प्रहरी समेत लागेका छन् । राजेश बगडीयाले सञ्चालन गरेको सो उद्योगबाट उत्पादन भएका जुत्ता र चप्पल नेपाली बजारमा लोकप्रीय । त्यहाँ उत्पादन भएका चप्पलको नेपालमा मात्रै होइन भारतीय बजारमा समेत ठूलो माग छ । आगो नियन्त्रणमा नआए सम्म क्षतीको विबरण नआउने प्रहरीले जनाएको छ । उद्योगमा कार्यरत कर्मचारीका अनुसार उद्योग ८० प्रतिसत जलेर नस्ट भएको छ । चप्पललाई आवश्यक पर्ने केमिकल मिलाउने पियू मेसिनमा तार सर्ट भएर आगलागी शुरु भएको हुन सक्ने कर्मचारीहरुले आशंका गरेका छन् ।

तपाईको प्रतिक्रिया