लामो प्रतिक्षापछि ‘बाहुबली टु– द कन्क्लुजन’ को ट्रेलर रिलिज भएको छ । सन् २०१५ देखि मानिसहरुमाझ आखिर कटप्पाले बाहुबलीलाई किन मारे भन्ने उत्सुकता थियो तर अब यो उत्सुकता मेटिएको छ । यो ट्रेलरमा उनीहरुले आफ्नो यो प्रश्नको जवाफ पाउनेछन् ।

स्मरण रहोस् ट्रेलरको रिलिज हुन अझै समय छ तर त्योभन्दा पहिले नै यो लिक भएको छ । यो ट्रेलरलाई नायक प्रभासको फ्यान क्लब यंग रिबेल स्टार प्रभासबाट आफ्नो फेसबुक पेजमा सेयर गरियो । यद्यपी, यो फ्यान क्लबले कुनै विवादबाट बच्नका लागि समयभन्दा पहिले सेयर गरेको ट्रेलर हटाइदिए ।

‘बाहुबली टु’ मा माहेश्मतीका राजा बाहुबलीको कहानी देखाउनेछ । एस एस राजामौलीको निर्देशनमा बनेको यो फिल्ममा प्रभास, राणा डग्गूबती, अनुष्का शेट्टी, रमैया कृष्णन र तमन्ना देखिनेछिन् ।

 

तपाईको प्रतिक्रिया