४ चैत, काठमाडौं। मधेसी मोर्चाले आजदेखि तराईका जिल्लाहरुमा निर्वाचन असहयोग आन्दोलन सञ्चालन गर्ने भएको छ । संविधान संशोधन गरेपछि मात्र स्थानीय निकायको चुनाव गराउनु पर्ने बताउँदै आएको मधेसी मोर्चाले आजदेखि निर्वाचन असहयोग आन्दोलन सञ्चालन गर्न लागेको हो ।

आजबाट स्थानीय तहका राखिएका साइनबोर्ड हटाउने र स्थानीय तहमा खटिएका कर्मचारिलाई कामगर्न नदिने लागाएका अवारोधका कार्यक्रमहरु गरिने मोर्चाले जनाएको छ । संविधान संशोधन बेगर नै निर्वाचन घोषणा गरिएको प्रति असन्तुष्टि जनाउँदै आएको मोर्चाले दुई दिन अगाडी मात्रै सरकारको समर्थन फिर्ता लिएको थियो ।

तपाईको प्रतिक्रिया