चैत्र ४ इनरुवा/राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले खेलकुदका क्षेत्रमा पछि परेका स्थानको पहिचान गरी प्राथमिकताका साथ विकास गर्दै जाने योजना अनुरुप राखेप अघि बढिरहेको बताउनु भएको छ ।खेलकुदको विकास सँग जोडेर पछिपारिएका हरेक क्षेत्रमा संरचना निर्माणका कामलाई राखेपले तिव्रता दिने विष्टले बताउनु भएको हो ।सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका सदस्य सचिव विष्टले बलाहा बहुमुखी क्याम्पस हातामा निर्माण गर्न लागिएको भलिबल कोर्ट सहितका संरचना शिलान्यासका क्रममा खेलकुदको विकासमा जोड दिनुभएको हो ।

 
इनरुवा ५ मा निर्माणाधिन क्याम्पसमा खेलकुद संचरना निर्माणकालागि राखेपले १५ लाख बढी सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । विष्टले आवश्यकता अनुसार रकम थप्न सकिने समेत बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पोष्ट नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख अच्युतप्रसाद खतिवडा, राखेपका सदस्य शम्भु आचार्य लगायतको उपस्थिती रहेको थियो ।  नयाँ निर्माणाधिन क्याम्पस भवन ६ महिना भित्र पूर्ण रुपमा संचालनमा आउने गरी काम भैरहेको क्याम्पस प्रशासनले जनाएको छ ।क्याम्पस हातामा पुग्नु अघि विष्टले राखेपको ७० लाख बढी लागतमा प्रकाशपुरमा निर्माण गर्न लागिएको कबर्ड हलको शिलान्यास गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया