मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले शहिद परिवारलाई सहयोग गरेपछि यतिबेला चर्चामा छन् । अक्षयले सुकमा शहिद भएका १२ सीआरपीएफ जवानहरुका परिवारलाई एक करोड ८ लाख सहयोग गरेका हुन् । सीआरपीएफले जारी गरेको प्रेस विज्ञप्तिका अक्षयले हर शहिद परिवारलाई ९-९ लाख सहयोग गरे ।

छत्तीसगढको सुकमा मार्च ११ मा भएको हमलामा सीआरपीएफका १२ जवान शहिद भएका थिए । अक्षयले यस कुरालाई निन्दा गरेको उल्लेख गर्दै सीआरएफले लेखेको छ, ‘अक्षयको यो कदमले उनको देशभक्ति, जनता र सेनाप्रतिको समर्पणलाई दर्शाउँछ ।’ मार्च ११ मा भएको अन्धाधुन्द हमलामा १२ जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया