४ चैत्र, बिराटनगर । मोरङको कटहरी आदर्शटोल १ मा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी दुइ जनाको हत्या गरेको छ। सिंघिया खाेलाकाे पुलबाट नजिकै आफ्नै निवासमा ४५ बर्षीया सासु दीपा डाागा र २२ बर्षीया बुहारी अस्मिता डाागाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सासु बुहारीको आज अपह्रान्ह  हत्या भएकाे अपुष्ट खबर अाएकाे हाे । मोरंगको कर्सिया बजारबाट घरमुली इन्द्रचन्द्र डाागा सााझ ५ बजे घर फर्किादा श्रीमती र बुहारीको बिभत्स हत्या भएको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए ।घटनास्थलमा स्थानीयकाे भिड जम्मा भएकाे छ ।जिल्ला प्रहरी कार्यालय माेरङले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया