५ चैत्र, मोरङ। मोरङको सुन्दर-हरैचा नगरपालिका ८ मा शनिबार यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत काकडभिट्टाबाट बिराटनगर आँउदै गरेको को १ ख ४६० नम्बरको बसले को ११ प ७१६९ नम्बरको मोटरसाईकललाई बाटो काट्ने क्रममा बिहान साढे ९ बजे ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकलमा सवार सुन्दर-हरैचा नगरपालिका ८ बस्ने फडिन्द्र पौडेल र मोटरसाईकलको पछाडी सवार होम प्रसाद पौडेल घाईते भएका थिए।
घाइते दुबैलाई उपचारकालागी बिराटनगर ल्याउने क्रममा होम प्रसाद पौडेल बाटोमै मृत्यु भएको हो। अर्का घाईते पौडेलको बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया