एजेन्सी । कमेडि नाइट विथ कपिलका संचालक कपिल शर्माले आफ्नो आधिकारिक फेसबुक पेजमा एक युवतीको फोटो राखेर उनले ती युवती आफ्नी श्रीमती भएको जानकारी दिए ।

यस अगाडी अविबाहित भएको परिचय कमाएका कपिलले आफ्नो आधिकारिक फेसबुक पेजबाट नै ती युवती आफ्नी श्रीमती भएको जानकारी दिएपछि उनका फ्यान चकित परेका छन् । युवतीलाई अगाडि राखेर आफू पछाडिपट्टी बसेको उक्त फोटोमा मेरी श्रीमतीलाई भेट्नुहोस् भन्ने क्याप्सन उनले राखेका छन् ।

क्याप्सनमा उनले थप भनेका छन् म उनलाई दिपिकाभन्दा पनि उनलाई बढी माया गर्छु । फोटो राखेको केही समयमा नै उनको उक्त फाटोमा डेढ लाख भन्दा बढिले रियाक्ट गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया