०५ चैत्र, दिलिप साह राजविराज । रुपनी गाउँपालिका स्थित जंगल क्षेत्रमा लागेको डढेलो सल्की साविकको तेरहौता गाविस स्थित एक गाई गोठमा शनिबार आगलगी हुँदा तीस हजार बरावरको क्षति भएको छ ।

आगलागीबाट गाविस तेरहौटा–५ वस्ने तनुक लाल चौधरीको गाई गोठमा आगलागी भएको हो । आगलागीलाई इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी जवान स्थानीयबासी तथा राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीयबासीहरुले बताए ।

तपाईको प्रतिक्रिया