६ चैत्र, मोरङ। मोरङको बिराटनगरमा शनिबार एक किराना पसलमा आगलागी भएको छ। विराटनगर उप-महानगरपालिका १७ बस्ने मलना अयोगको घरमा सोही ठाँउका बुधराम देबले संचालन गरेको किराना पसलमा अचानक आगलागी हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट देबको नगद १ लाख सहित सम्पुर्ण किराना सामान जलेर नष्ट हुँदा सो क्षति भएको पिडितले बताए। उक्त आगो प्रहरी र स्थानिय गाँउलेको प्रयासमा पुर्ण रुपमा नियन्त्रणमा आएको हो। आगलागीको कारण खुल्न सकेको छैन्।

तपाईको प्रतिक्रिया