६ चैत्र, इटहरी। निर्वाचन आयोगद्धारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दु राज्यप्रतिको विषयलाई हटाएको भन्दै आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यस विरुद्ध इटहरीमा विरोध र्याली प्रदर्शन गरेको छ। विरोध र्याली प्रदर्शनको क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव मुर्दावाद , पार्टीको घोषित नीति कार्यन्वन गर भन्दै नाराबाजी गर्दै इटहरी चोकमा निर्वाचन आयुक्तको पुत्ला दहन गरेको छ ।

राप्रपा सुनसरीे नेतृत्वमा निक्लिएको विरोध र्यालीले पुत्ला दहन गर्नु अघि इटहरी बजारको परिक्रमा गरेको थियो । इटहरीको मुख्य चोकमा पुत्ला दहन गर्ने क्रममा प्रहरीले बलीरहेको पुत्ला नियन्त्रणमा लिएका थिए । विरोध र्यालीमा सहभागी राप्रपाका कार्यकर्ताहरुले निर्बाचन आयोग र प्रमुख आयुक्तको विरोध तथा संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया