तस्विर- अमर काफ्ले इनरुवामा चिनको झण्डा जलाउँदै मोर्चा कार्यकर्ता ।
तस्विर- अमर काफ्ले
इनरुवामा चिनको झण्डा जलाउँदै मोर्चा कार्यकर्ता ।

काठमाण्डौं अशोज २१संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनको झण्डा जलाइएको प्रति आपत्ती जनाएका छन् ।
आन्दोलनकारीहरुले मधेसमा जारी आन्दोलनका क्रममा विभिन्न स्थानमा चीनको झण्डा जलाइनु दुःखद भएको भन्दै उनले कसैले आन्दोलनको समर्थन र विरोध गर्दैमा केहि फरक नपर्ने बताए । उनले देशको समस्या देशभित्रैबाट समाधान खोजिनु पर्ने बताए ।
‘चीनको झण्डा जलाइनु गैरजिम्मेवार विषय हो, यो कसैको हितमा पनि छैन,’ यसले आन्दोलनलाई बद्नाम गराउन सक्ने भएकाले सम्बन्धित सबै बेलैमा सचेत हुनु जरुरी छ ।’उनले भारतको पनि विराध गर्दै झण्डा जलाइएको भन्दै अगाडी भने, ‘कसैले विरोध र समर्थन गर्दैमा त्यस्तो हर्कत गर्नु ठीक होइन ।’

तपाईको प्रतिक्रिया