६ चैत्र, इटहरी। इटहरीको नमुना कलेजका बिद्यार्थीले पुर्वाञ्चल स्तरीय युवा सम्मेलनको आयोजना गर्ने भएकाछन । युवाहरुमा भएको क्षमता पहिचान र बृद्धि गर्नुका साथै पुर्बान्चल स्तरीय युवा सन्जाल गठन गर्ने उदेश्यले सम्मेलनको आयोजना गरीएको क्याम्पसका प्राचार्य धर्म न्यौपानेले बताएका छन ।

चैत ८ र ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने सम्मेलनमा पुर्बान्चलका बिभिन्न जिल्लाबाट ३०० भन्दा बढि युवा सहभागी हुने र सहभागी युवालाइ देशका प्रतिष्ठित ब्यक्तिहरु माहाबिर पुन, सुधा सुबेदी र सुरन मर्हजन लगायतले उत्प्रेरीत गर्ने बताइएको छ । बिश्व सामाजिक कार्य दिवस २०१७ को अबसर पारेर आयोजना गरिएको सम्मेलनको नारा सामाजिक रुपान्तरणकालागि युवा सम्मेलन दिइएको छ । स्थापनाको छोटो समयमै बिद्यार्थीको रोजाइमा परेको नमुना कलेजले समय समयमा यस्ता बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

नमुना कलेजमा प्लसटु तहमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट र कम्प्युटर साईन्सका कक्षाहरु सञ्चालन गर्दैै आएको कलेजका प्राचार्य न्यौपानेले जानकारी दिएका छन् । यस्तै ब्याचलर लेबलमा  वि.वि.ए, वि .एस. डब्लु. वि.सि.ए. र वि.एच.एमका कोर्षहरु सञ्चालन गर्दै आएको छ । पूर्वमा वि.एस. डब्लु कोर्षमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । यो कोर्ष गरेका विद्यार्थीहरु अहिले फिल्डवर्क गर्नका लागि इटहरी र सुनसरी जिल्लाका विभिन्न सरकारी, बैंक तथा वित्तिय संस्थाहरुमा जाने गरेका छन् । अलि बढि प्राक्टिकल विषयहरु भएकाले पनि यो कलेजका कोर्षहरु पढ्नका लागि विद्यार्थीले रुचि देखाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया