६ चैत्र, सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्। सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपरले सोही दिसातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते सदालाई उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया