तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ । कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाईले उक्त एप्स डाउनलोड गर्नुभयो भने फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

तपाईको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाईको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाईलै सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।

विश्व बजारमा विभिन्न एप्सहरुको प्रतिष्पर्धा भइरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “Nepal Caller : नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको छ ।अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरिएको छ ।

डाउनलोड कसरी गर्ने ?

तपाई मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, ‘Nepal Caller’ सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया