एजेन्सी । पश्चिमी अफ्रिकाको सिएरा लियोनको एक ढुंगा खानीमा ७०६ क्यारेटको हिरा भेटिएको छ । यस हिराको मूल्य ३ अरबभन्दा बढी पर्ने बताइएको छ । यस अनमोल हिरालाई सिएरा लियोन फ्रीटाउनको केन्द्रीय बैंकमा राखिएको छ । जुन ढुंगा खानीमा हिरा भेटिएको हो, त्यसको नाम इमानुएल मोमोह हो । ७०६ क्यारेटको यस हिराभन्दा अगाडि सन् १९७२ मा सिएरामा नै ९७९ क्यारेटको थियो ।

दावी गरिएअनुसार उक्त हिरा सन् १९७२ पछि भेटिएको सबैभन्दा ठूलो हो । उक्त हिरालाई सबैभन्दा पहिला त्यहाँको राष्ट्रपतिसामु बुझाइएको थियो । राष्ट्रपति एर्नेस्ट बाइ कोरोमाले हिरालाई केन्द्रीय बैंकमा राख्न लगाएका हुन् । हिरा भेट्टाएपछि स्थानीयले आफूलाई बुझाएकोमा राष्ट्रपतिले खुशी हुँदै भनेका थिए, ‘तपाईहरुलाई धेरै धेरै धन्यवाद ।’

तपाईको प्रतिक्रिया