७ चैत्र, सुमन भट्टराई  इटहरी। सुनसरी क्षेत्रमा प्रहरीकै संलग्नतामा काठ तस्करी हुने गरेको पाइएको छ । धरान २० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिबाट आइतबार राती काठ समितिका पदाधिकारीहरुले काठ लोड गरेको बोलेरो गाडी सहित संलग्नलाई प्रक्राउ गरेका छन् ।

तस्करी हुदै गर्दा काठ लोड गरेको बोलेरो गाडी सहित संलग्नलाई समितिका पदाधिकारीहरुले पक्राउ गरी सेक्टर बन कार्यालय धरानमा बुझाएका छन् । को १ च ६३८१ नम्बरको बोलेरो गाडीमा साविकको विष्णुपादुका गाविस ८ र हालको धरान २० वरडाडा भन्ने स्थानबाट विष्णुपादुका अस्थायी प्रहरी पोष्टका इन्चार्ज खेमबहादुर कुवर, प्रहरी जवान गंगा लिम्बु, काठ तस्करी धरान १८का विवेक लिम्बु सहित बोलेरो गाडीका चालक विराटनगर ५ का नगरेन्द्र किार्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालय धरानमा बुझाइएको सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर राईले बताउनुभयो ।

विगतदेखि नै प्रहरीकै संलग्नतामा काठ तस्करी हुने सूचना पाएपछि समितिका पदाधिकारीहरुले निगरानी बढाउने क्रममा आइतबार राती १० बजे लोड गरेर लान आटेको अवस्थामा प्रक्राउ गरिएको कोषाध्यक्ष राईले जानकारी दिनु भयो । समितिका पदाधिकारीहरुले काठ नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए । प्रहरीसहित वन कार्यालयका कर्मचारीले काठ सहित संलग्नलाई पक्राउ गरी सेक्टर वन कार्यालयमा ल्याएको सेक्टर वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । बोलेरोमा १९ किवी सखुवाको काठ रहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरु मथि कारबाहीको प्रक्रिया अगाडि बढाईएको लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया