७ चैत्र, काठमाडौं। एनसेलले ग्राहकहरुलाई दिँदै आएको फ्री ट्विटर र फ्री विकिपीडिया सेवा बन्द गर्ने भएको छ । सोमबार एनसेलले एक विज्ञप्ति जारी गर्दै यही चैत १२ गतेदेखि फ्री ट्विटर र फ्री विकिपिडिया सेवा बन्द हुने जनाएको हो ।

एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्राहक वर्गले एनसेल प्रति देखाउनु भएको अटल विश्वास निरन्तरता र सहयोग प्रति यस प्रा.लि आभार व्यक्त गर्दछ साथै भविश्यमा समेत हामी सदैव यहाँहरुको यस्तै साथ पाइरहने अपेक्षा गर्दछौं । एनसेलले २०७१ जेठ १३ गतेदेखि निःशुल्क ट्विटर सेवा उपलव्ध गराउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया