DSC01695

इनरुवा मंसिर ३/ स्थानीय जनताको जनमत विपरित कथित राजनैतिक सहमतिका नाममा जिल्ला टुक्रयाउन नहुने भन्दै युवा संघ नेपाल इनरुवा नगर कमिटीले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
जारी मधेश आन्दोलन मत्थर पार्न केही ठुला दलका नेताहरुले स्थानीय जनमत विपरित जिल्ला टुक्रयाउने प्रयास थालेको प्रति आपत्ति जनाउँदै युवा संघ इनरुवा नगरकमिटीले प्रधानमंत्रीलाई ज्ञापन पत्र पठाएको छ । नगर कमिटी अध्यक्ष पुकार पोखरेल संयोजकत्वको युवाहरुको टोलीले बिहीवार सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ मार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र पठाएको हो । ज्ञापनमा बर्तमान संविधानको अनुसुचिमा भएको व्यवस्थाको विपक्षमा जारे र सम्वन्धित जिल्लाको जनताको अभिमत विपरित हुने कुनैपनि कथित राजनैतिक सहमति स्विकार्य नहुने उल्लेख गरिएको छ । युवा संघले सुनसरी,मोरङ र झापा एक नम्वर प्रदेशबाट अलग गरी प्रदेश नम्बर २ मा गाभिए आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया