इनरुवा/शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस सुनसरीले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा सभापति राजिब कोइराला लगायतको उपस्थितीमा पार्टी कार्यालय हातामा वृक्षारोपण गरिएको छ ।


त्यसैगरी नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिले समेत नगरका सबै वडाहरुमा वृक्षारोपण गरी स्मृति दिवश मनाएको छ । नगर सभापति राजन मेहता अगुवाईको कांग्रेसी युवाहरुले नगरका १० वटै वडाका सार्वजनिक स्थान, मठ मन्दिर र पाटी पौवाहरुमा विभिन्न प्रजातिका विरुवा रोपेका थिए । स्मृति दिवसमा आयोजना गरिएको वृक्षा रोपणलाई काँग्रेसले चुनावी तयारी र प्रचारका रुपमा समेत लिएको थियो ।

तपाईको प्रतिक्रिया