इनरुवा चैत्र ७/ निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउने निर्णय गरेको असन्तुष्टि स्वरुप जिल्ला निर्वाचन कार्यालय सुनसरीमा समेत नाराबाजी भएको छ । राप्रपा सुनसरीले जिल्ला निर्वाचन कार्यालय सुनसरी अगाडी विरोध जनाएको हो ।

पार्टी कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरु नाराबाजी सहित निर्वाचन कार्यालय पुगेका थिए । कार्यालय घेराउको कार्यक्रम रहेपनि सीमित संख्यामा रहेका पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले सडक किनारमै रोकेको थियो । उनिहरुले पार्टीको विधान आयोगले परिवर्तन गरेको प्रति असन्तुष्टि जनाएका थिए ।

तपाईको प्रतिक्रिया