९ चैत्र, विराटनगर। मोरङ र झापा जिल्लाबाट मंगलबार लागूऔषधसहित पाँच जना पक्राउ परेका छन। झापाको काकडभिट्टा नाकाबाट ब्राउनसुगर सहित मेचीनगर नगरपालिका १ बस्ने नजरुल खान तथा मोरङको टंकिसिनुवारी र विराटनगरबाट लागूपदार्थजन्य ईन्जेक्सन सहित मोरङ लेटाङ नगरपालिका ७ बस्ने हंसराज लिम्बु, सुनसरी देवानगंज ५ बस्ने सपराज अंसारी, रेहमान अंसारी र विराटनगर १६ का कैलाश कामत पक्राउ परेका हुन।

खान काकडभिट्टाबाट २.८ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन। उनले चप्पलमा लुकाई उक्त ब्राउनसुगर ल्याउँदै थिए। त्यस्तै अन्य युवाहरु मोरङको टंकिसिनुवारी र विराटनगरबाट टिडिजेसिक ४५ एम्पुल, फेनारगन ४ एम्पुल, ८० पिस नाइट्रोसन ट्याब्लेट र २१ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुलसहित पक्राउ परेका हुन। पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया