९ चैत्र, सुमन भट्टराई इटहरी। सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर एसोसिएसन नेपाल महासंघको पुर्वाञ्चल क्षेत्रीय सम्मेलन इटहरीमा हुने भएको छ । सुचनाका क्षेत्रमा विभिन्न समयमा कार्यक्रम गर्दै आएको क्यान महासंघको पुर्वाञ्चल सम्मेलन इटहरीमा आगामी चैत्र ११ र १२ गते हुने क्यान सुनसरीका अध्यक्ष भिम प्रसाद गिरीले बुधवार इटहरीमा पत्रकार सम्मेलको आयोजना गरी जानकारी दिए ।

क्यान महासंघ केन्द्रको आयोजना तथा क्यान सुनसरी शाखाको आतिथ्यतामा हुन लागेको सम्मेलनमा पुर्वाञ्चलका १६ जिल्लावाट एक सय ५० जना वढीको सहभागिता रहने क्यान कार्यक्रम संयोजक ठाकुर कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सुचना तथा संचार प्रविधिको क्षेत्रमा स्थानीय स्तरमा विकास र प्रगतिका लागि क्यानले पेशागत हकहितको मर्यादामा रहेर काम गर्दै आएको समेत जानकारी दिए । क्यान सुनसरीका अध्यक्ष भिम प्रसाद गिरीले सुचना तथा प्रविधिसंग जोडिएर काम गर्नेहरुलाई सहभागिता गराई साइबर अपराधबाट हुने क्षती ताथा यसवाट बच्ने विषयमा जानकारी गराउने र अन्य गतिविधिहरु समेत गर्दै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया