९ चैत्र, इटहरी। होटल सञ्चालकलाई कुटपिट गरेर फरार हुने तीनजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। प्रहरीले कुटपिट गर्नेहरुलाई दिउसो दुईबजेतिर बिराटनगरबाट पक्राउ गरेको हो। सोमबार राती साढे १० बजेतिर इटहरी ४ संगित चौकमा रहेको तिरुपती होटल एण्ड गेष्ट हाउसका सञ्चालक रोहित लिम्बुलाई कुटपिट गरेर फरार भएका ईटहरी ५ का २७ बर्षीय सुमन मगर सप्तरी कमलपुर घर भई ईटहरी ५ बस्ने २७ बर्षीय संजय खत्री र काठमाण्डौं गोठाटार १ बस्ने २६ बर्षीय पंकज सिवाकोटीलाई पक्राउ गरेको हो।

कुटपिटमा संलग्नहरुले लिम्बुलाई लेनदेनको बिषयलाई लिएर बियरका बोतल, काँचको गिलास, ईट्टा लगायतले शरीरका संवेदनशिल अंगहरुमा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएर फरार रहेका अभिनास लिम्बु लगायत दुईजनाको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो भने पक्राउ परेकाहरुलाई ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान अगाढी बढाईएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया