९ चैत, मोरंग। काकडभिट्टा बाट बुटवलको लागि प्रस्थान गरेको यात्रुबाहक बस कानेपोखरीमा दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । एक दर्जन बढी यात्रु घाइते भएका छन् ।

ना ५ ख ५३ ८७ नम्बरको सो बसले  मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको बस रुखमा ठोक्किँदा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। अहिले घटना स्थलमा घाइतेहरुको उद्दारकार्य जारी  छ । थप बिबरण आउन बाकी।

तपाईको प्रतिक्रिया