९ चैत्र, एजेन्सी। रामगोपाल वर्माद्वारा निर्देशित फिल्म ‘सरकार ३’ को रिलिज डेट परिवर्तन भएको छ । फिल्मको पोस्ट प्रोडक्शनको काम नसक्किएको रिलिज डेट परिवर्तन गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार उक्त फिल्मको नयाँ रिलिज डेट मार्च १२ का लागि तोकिएको छ । यसअघि निर्माण युनिटले फिल्म  अप्रिल ७ का लाई रिलिज डेट तोकेको थियो ।फिल्ममा अमिताभ बच्चन, ज्याक्की सर्फ, रोनित राय र वाजपेयी आदी कलाकारको अभिनय रहेको छ ।  फिल्ममा पहिलो पटक अभिनेता अमित साध र यमी गौतम एकसाथ देखिँदैछन् ।

यस्तो छ फिल्म  ‘सरकार ३’ को ट्रेलर :

तपाईको प्रतिक्रिया