९ चैत्र, मोरंग । काकडभिट्टाबाट बुटवलको लागि प्रस्थान गरेको ना ५ ख ५३८७ नं. काे दार्जिलिङ यातायत बस र मे ४ प ८५११काे माेटरसार्इकल बेलुका ७ः३० बजे कानेपोखरीमा एक अापसमा ठाेकिदा  ४ जनाको मृत्यु भएको  भएको छ भने १० घाइते भएका छन् । पूर्व बाट पश्चिम जादै गरेको सो यात्रुबसमा अचानक माेटरलाइकल  ठोक्कीदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

घाइतेहरूकाे उपचारर्थ तथा मृतकहरूकाे पाेस्टमार्टमको लागी विराटनगर तथा धरानतर्फ पठाइएको छ भने केही गंभिर घाइतेहरूलार्इ भारतकाे सिलगुडी लगिएकाे जानकारी प्राप्त भएकाे छ । बाँकी घाइतेहरुको पथरी हस्पीटलमा उपचार भइरहेको छ ।

त्यस्तै  साेही ठाँउमा ९ः४० बजे अर्काे दुर्घटनामा पिकअप भ्यानले बा ४० प १२९काे माेटरसार्इकल लार्इ ठक्कर दिदा घटना स्थलमै एककाे मृत्यू भएकाे छ भने १ काे अवस्था गंभिर रहेकाे प्रहरीले जनाएकाे छ । हाल पिकअप भ्यान फरार रहेकाे  छ भने घाइतेलार्इ उपचारार्थ बिराटनगर लिगिएकाे छ ।

घाइतेहरूमा :  

बबिता विक २० वर्ष इलाम सुर्याेदय नगरपालिका १३

रोसन मण्डल वर्ष ४० गौरीगञ्ज ८ झापा

सतन इम्बु वर्ष १९ कोरोबारी ४ झापा

सुनिता टुडु वर्ष २२ कोरोबारी ४ झापा

सतुवा हैमरन वर्ष १८ कोरोबारी ७ झापा

सन्तोष माझी वर्ष १९ गौरिगञ्ज  झापा

किशोर चौधरी वर्ष १७ गौरिगञ्ज  झापा

लिलबहादुर भट्टराई वर्ष ५० गौरिगञ्ज ८ झापा

मनिस भट्टराई गौरिगञ्ज झापा

अनिस विक वर्ष २२ भद्रपुर झापा

जीवन वर्ष ४६ गौरिगञ्ज ८

दिलिप मण्डल वर्ष १० गौरिगञ्ज ८ झापा

करनजित वर्मा घैलाडुब्बा झापा

मित्रावती भट्टराई वर्ष २४ सिक्किम भारत

नारायण प्रसाद भट्टराई वर्ष ६१ सिक्किम भारत

राज आले वर्ष ५९ बुटवल

संखर विक दललेरी केरौन वर्ष १७

विजय मुर्मु वर्ष १५ दलेली केरौन

अनिल राना मगर वर्ष २६ पोखरा

इशर अली वर्ष ५४ उत्तर प्रदेश भारत रहेका छन् भने संखर विक दललेरी केरौन  गम्भीर अवस्थामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ  भने मृतकहरूकाे पहिचान भएकाे छैन ।

 

 

तपाईको प्रतिक्रिया