१० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनबाट फर्किएलगत्तै  मधेसी मोर्चासँग सहमति हुने बताएका छन् । बिहीबार सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै प्रधामन्त्री दाहालले मोर्चाका नेताहरुसँगको छलफल सकारात्मक भएको बताउँदै सहमतिको विषय लगभग सार्वजनिक गर्ने चरणमा पुगिसकेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद्मार्फत नै दलहरुबीच कयौं विषयमा सहमति खोज्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी संसद्को अधिवेशन जारी राख्नुपर्नाको कारणबारे जानकारी दिएका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले केही समयअघि सप्तरी र कञ्चनपुरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । संसदीय दलले स्थानीय तह पुनःसरचना, सीमाङ्कन तथा स्थानीय तहको स्तरउन्नतिका बारेमा आएका गुनासोबारे प्रदेश संयोजक र संसदीय समितिले सुझाव सङ्कलन गरी सरकारलाई प्रतिवेदन दिने निर्णय भएको बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया