चैत्र १० इनरुवा/सुनसरीको चतरा धाममा आयोजना हुन लागेको रामार्चन महोत्सवमा देश विदेशका गरी ६ सय बढी साधकहरुले एकसाथ साधना गर्ने भएका छन् ।रामनवमी तथा हनुमान् जयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा नेपालका अलावा छिमेकी मुलुक भारत सहित अमेरिका, क्यानडा र बेलायतका ६ सय साधकहरुको उपस्थिती रहने बताइएको छ ।

जगद्गुरु श्री रामानन्दाचार्य सेवापीठले बिहिबार पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको हो ।
सेवापीठका अध्यक्ष गणेश सुब्बाले चैत्र १५ गतेबाट २९ गते सम्म चल्ने महोत्सवको तयारी तिव्र पारिएको जानकारी गराए। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव अवधीभर महायोगी सिद्धबाबाले  खण्ड समाधी लिनु हुनेछ ।

यसअघि दशैंको नवरात्रा र चैत्र नमवी अवधीभर अखण्ड भू समाधी लिदै आउनुभएका सिद्धबाबाले साधकहरुको आग्रहमा यसपटक भने खण्ड समाधी लिन लाग्नु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।महोत्सव अवधीभर महायोग साधना तथा मन्त्र जाप, रामायण पाठपारायण तथा कथा प्रवचनका साथै महायोग साधना विशेष प्रशिक्षण जस्ता कार्यक्रमको आयोजना गरिने सेवापीठका सदस्य श्याम पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया