१० चैत्र, बिहिबार। प्रधानमन्त्री प्रचण्डको बोआओ फोरममा भाग लिन आजै चीन भ्रमणमा निस्कदैछन । उनको सचिवालयका अनुसार, प्रधानमन्त्री प्रचण्ड आज राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्ने लागेका हुन।

कुनै एजेण्डा र सम्झौता विना हुन लागेको प्रधानमन्त्री प्रचण्डको उक्त भ्रमणमा पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना उच्च पदाधिकारीहरु रहने जनाइएको छ । बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन् । प्रधानमन्त्री दाहालले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचारविमर्श गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । उनी आगामी चैत १६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया