११ चैत्र, दिपेन्द्र यादव इनरुवा। सुनसरीका अधिकांश मरिक परिबारहरुको कुनै पनि किसिमको सरकारी तथा स्थानिय निकायमा पहुच नभएपनि बगुंरपालन तथा कच्चा बाँसबाट विभिन्न किसिमका समग्रीहरु बनाई परिवार चलाउदै आएका हुन।

तर केही समय अघि मरीकहरुको परिवार चलाउँने मुख्य स्रोत अर्थात कच्चा बासँ बाट बनेको सामग्रीहरु प्रयाप्त मात्रामा विक्रि नभएका कारण सुनसरीका अधिकांश गरीव मरीकहरुको परिवार चलाउँन समस्या भइरहेको भुटाहाका शिव मरीकले गुनासो गरेका छन् । मरीकले बताएअनुसार हामीहरुले दैनिक जीवनयापन गर्ने स्रोत बाँस बाट निर्माण गरको विभिन्न सामग्रीहरु हुन तर त्यही सामग्रीको बजार भाउँ त के विक्रि नै हुदैन त्यो समानहरु विक्री नभएपछि प्राय मरीकहरु बँगुर बेचेर घरपरिवार चलाउन थालेका छन्।

आर्थिक अभाव तथा बासँबाट बनेको सामग्रीहरुको उच्चित बजार व्यबस्थापन नभएकाले मरिकका बाल बच्चाहरुलाई शिक्षा दिनबाट समेत बञ्चित हुने गरेका छन् । उदाहरणका रुपमा नरसिंहका शिवन मरीकलाइ लिन सकिन्छ उनका आधी दर्जन छोराछोरी निरक्षर छन् । मरीकका बालबालिकाहरु दिनको खाना रात र रातको खाना भोली विहान सम्म खाएर जीवन यापन गरेपनि उनीहरुले निर्माण गरेको दामलो, दाउरा, भखारी, छिटी लगायतका कच्चा बाँस बाट बनाएको सामग्रीहरु बेचेर आफनो परिवार चलाउने गरेको नरसिंहका शिवन मरीकले बताएका छन्।

तर मरीकले बताए अनुसार हाम्रो बालबालिकाहरु दिनरात मेहनत गरेर बनाएको सामग्री बजारमा बिक्री नहुदाँ घरपरीवार चलाउन धौँ धौँ भईरहेको बताएका छन्। यसैगरी बजारमा कच्चा बाँसबाट बनाएको भन्दा प्लाष्टिकबाट बनेका सामग्रीहरु सस्तो भएका कारण ग्राहकहरु सो तर्फ आर्कषित हुने गरेको पाइएको छ । भने मरिक समुदायहरुको इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्रहा गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र हरीनगरा गाउँपालिकामा सिमित बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया