११ चैत्र, इटहरी । सुचना तथा सञ्चार प्रविधिका क्षेत्रमा काम गर्दै आएको कम्प्युटर एसोसिएसन नेपाल महासंघको पुर्वाञ्चल क्षेत्रीय सम्मेलन इटहरीमा सुरु भएको छ। सुचनाका क्षेत्रमा समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको क्यान महासंघको पुर्वाञ्चल सम्मेलन इटहरीमा शुक्रवारबाट सुरु भएको हो ।

क्यान महासंघ केन्द्रको आयोजना तथा क्यान महासंघ सुनसरी शाखाको आतिथ्यतामा आयोजित सम्मेलनको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले गरे ।  सम्मेलनमा विभिन्न जिल्लाका एक सय ५० जना वढीको सहभागिता रहेको  कार्यक्रम संयोजक ठाकुर श्रेष्ठले जानकारी दिए । उनले सुचना तथा संचार प्रविधिको क्षेत्रमा स्थानीय स्तरमा विकास र प्रगतिका लागि क्यान गर्दै आएको काम र आगामी दिनमा गरीने कार्यका समिक्षा  र योजना बनाइने वताए ।


पेशागत हकहितको मर्यादामा रहेर काम गर्दै आएको क्यानले त्यसै गरी सुचना तथा संचारका क्षेत्रमा अहिले सम्म भएको विकास र प्रगतिका विषयमा समिक्षाका साथै आगामी दिनमा अबम्वन गरिने रणनितिका विषय छलफल हुने बताइएको छ । कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष विनोद ढकाल , उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत ,क्यानका दिपेश पाठक लगायतले सुचना प्रविधिका विषयमा चर्चा गरेका थिए । क्यान सुनसरीका अध्यक्ष भिम गिरीले सुचना तथा प्रविधिसंग जोडिएर  काम गर्नेहरुका लागि  सम्मेलनले महत्वपुर्ण उपलव्धी हासील गरी शनिवार सकिने जानकारी गराए ।

  

तपाईको प्रतिक्रिया