१२ चैत्र, सुमन भट्टराई सुनसरी। नेपाल सरकारले स्थानीय तह पुर्नसंरचना आयोग मार्फत तयार गरेको स्थानीय तहको संरचना अनुसार सुनसरी जिल्लामा दुई उपमहानगरपालिका चार नगरपालिका र ६ गाउँपालिकामा विभाजित गरी टुङ्गोमा पुर्याएको छ ।

पछिल्लो स्थानीय तहको संरचना अनुसार सुनसरीको धरान उपमहानगरपालिका साविक पाँचकन्या र विष्णुपादुका मिलेर बनेको उपमहानगरपालिकामा २० वटा वडा निश्चिित भएको छ । यता तत्कालिन इटहरी नगरपालिकामा गाभिएका खनार हाँसपोसा पकली र एकम्वा गाविस सहित इटहरी उपमहानगरपालिका घोषित भएको र यस उपमहानगरपालिकामा पनि २० वटा वडा कायम भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले बताएको छ ।

यी दुवै उपमहानगरपालिकामा आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि २४–२४ वटा मतदान स्थल तोकिएको छ । सुनसरी जिल्लाका २ उपमहानगरपालिका ४ नरपालिका र ६ गाउँपालिकामा जम्मा १६५ मतदान स्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

उता सदरमुकाम इनरुवा रहेको इनरुवा नगरपालिकामा चाँदवेल मधेशा डुम्राहा जल्पापुर र बबिया जोडिएर इनरुवा नगरपालिका घोषित भएको तथा त्यहाँ साविकका गाविसहरुमध्ये चाँदवेला वडा नम्वर ७ मधेशा ६ नम्वर वडा, डुम्राहा वडा नम्वर ८ बबिया ९ नम्वर वडा र पुरानो इनरुवा नगरपालिका ५ वटा वडामा विभाजित भएको बताईएको छ । उतो पछिल्लो संरचना अनुसार बराह नगरपालिकामा बराहक्षेत्र महेन्द्रनगर भरौल, प्रकाशपुर र मधुवन समेत जोडिएर बराह नगपालिका बनेको छ । दुहवीभलुवा नगरपालिकालाई आसपासका गाविसहरु जोडेर दुहवी र रामधुनीभासी नगरपालिकालाई पछिल्लो समयमा आएर रामधुनी नगरपालिका नामाकरण गरिएको छ ।

पछिल्लो संरचना अनुसार यस जिल्लामा बर्जु कोशी देवानगञ्ज हरिनगरा गढि र भोक्राहा गाउँपालिका घोषित भएका छन । यसअघि यस जिल्लामा ३९ वटा गाउँ विकास समिति रहेकामा ती सवै गाउ विकास समितिहरु अहिले गाउँपालिकामा समाहित भएका छन । यो भौगोलिक संरचनामा विभाजित भएको सुनसरी जिल्ला बाट आगामी बैशाख ३१ गते सम्पन्न हुने निर्वाचनका लागि कम्तिमा ४ लाख मतदाताले भाग लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया