१२ चैत्र, सुमन भट्टराइ इटहरी। इटहरी उपमहानगरपालिका १८ को रहिपुरमा सञ्चालित काजी राई स्मृति आरएफसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा चौतारी युवा क्लव रहिपुर र बिसनपुर युवा क्लव तरहरा बीच फाईनल खेल सम्पन्न भएको छ ।
फाईनल खेलमा बिसनपुर युवा क्लव तरहराले चौतारी युवा क्लव रहिपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधीमाथि कब्जा जमाउँदै १५ हजार नगद ट्रफि र मेडल ,प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा बिसनपुरका सागर तामाङ्गले सुन्दर १ गोल गरेका थिए । सोही गोल नै खेलको पहिलो र अन्तिम एवम निर्णायक गोल बन्न पुगेको थियो ।

यसैगरी उपविजेता बनेको चौतारी युवा क्लव रहिपुरले ७ हजार नगद तथा शिल्डा,मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा इटहरी एवम आसपासका क्षेत्रका १० वटा टिमले भाग लिएका थिए ।नव किरण युवा क्लवले आयोजना तथा युथक्रियसन सुनसरीको सहयोगमा संचालित उक्त गोल्डकप फुटल प्रतियोगिताका विजेता टिमलाई प्रदान गरिएको शिल्ड एवम नगद समाजसेवी प्रभात आचार्यले प्रयोजन गरेका थिए । त्यस खेल अवधिमा चौतारी युवा क्लवका मिलन राईले सर्वाधिक ४ गोल गरेको सरिता आचार्यले बताइन । खेल शान्ता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया