मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले फाइदा दिलाउनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पहिलेको कारोबार नमिल्नाले समस्या पर्न सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तर अरूकै काममा समय खर्चनुपर्ला। कामको चापले जीवनशैली व्यस्त रहनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बलजफ्तीले काम बिग्रन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका लागि बुद्धि खर्चनुपर्ला। उपलब्धिविहीन काममा समय बित्नेछ। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्। नयाँ काम थाल्न समय पर्खनुहोला। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। सुविधाका लागि खर्च गर्नुपर्ने देखिन्छ। साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नाले अर्थअभाव समेत देखा पर्ने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नुका साथै मनग्य धनलाभ हुनेछ। रोकिएको काममा प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। तापनि मिहिनेतले केही अवसर दिलाउनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आवेशको निर्णयले समस्या निम्त्याउला। अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अर्थ अभावले लक्ष्यमा पुग्न समस्या पर्ला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। आत्मसम्मानमा आघात पुग्न सक्छ। फजुल खर्च बढ्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले फाइदा दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छिटै पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुने देखिन्छ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने सम्भावना छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।नेपालि पात्रो

तपाईको प्रतिक्रिया