३ मंसिर

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रेसकोर्स रोडस्थित सरकारी निवासमा गोली चलेको समाचार सार्वजनिक भएको छ ।भारतीय पत्रिका राजस्थान डटकमका अनुसार प्रधानमन्त्री निवास बाहिर तैनाथ एक प्रहरीको गल्तीका कारण बुधबार राति अबेर गोली चलेको थियो ।उक्त पत्रिकाले जनाए अनुसार घटनामा कसैको पनि हताहती भने भएको छैन । प्रधानमन्त्री निवासको सुरक्षर्थ खटीएका प्रहरीले गोली चलाएको अनुमान गरिएको छ ।रेसकोर्स रोडमा गोली चलेको लआवाज आउने वित्तिकै सतर्कता अपनाइएको थियो । घटनाको दिल्ली प्रहरी, अनुसन्धान विभाग र अन्य सुरक्षा निकायबाट अनुसन्धान भैरहेको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार ड्युटी परिवर्तनको समयमा गोली चलेको थियो । पछिल्लो समय आइएसले भारतमाथि हमला गर्ने धम्की दिएकाले सुरक्षा सतर्कता बढाइएको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया